कैलाली : समाजप्रतिको उत्तरदायित्व र मानवीय सेवालाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको धनगढी-३, चटकपुरस्थित माया मेट्रो अस्पताल ले हालै घटेको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
अस्पताल परिवारको तर्फबाट पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रु. ३,११,१११/- (तीन लाख एघार हजार एक सय एघार रुपैयाँ) सहयोग स्वरूप हस्तान्तरण गरिएको हो।
कठिन परिस्थिति र दुःखको यस घडीमा पीडित परिवारलाई केही मात्रामा भए पनि मलम लगाउन र राहत दिन सकियोस् भन्ने सोचका साथ यो सहयोग गरिएको अस्पतालले जनाएको छ। यस प्रकारको मानवीय सहायताले अस्पतालको सामाजिक उत्तरदायित्वप्रतिको निष्ठा र प्रतिबद्धतालाई थप प्रष्ट पारेको छ।
सधैं नागरिकको स्वास्थ्य र सेवामा समर्पित रहँदै आएको माया मेट्रो अस्पतालले सामाजिक तथा मानवीय संकटको बेला पनि अग्रसरता देखाउँदै आएको छ। अस्पतालको यस सराहनीय कदमप्रति अहिले विभिन्न क्षेत्रबाट उच्च प्रशंसा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्