धनगढी : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका ९ जना कामदार सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा आलिताल गाउँपालिका–३ कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली तथा आलिताल–७ नाउलीका दीपक घर्ती, राजेश घर्तिमगर र किरण घर्तिमगर रहेका छन्।
आलिताल–३ कान्तिपुरबाट जलविद्युत् आयोजनामा पुगेका ७ जनामध्ये ६ र ७ नम्बर वडाका तीन जना गरि ९ जना सम्पर्कविहीन भएको उनीहरूसँगै कार्यरत स्थानीय सुनिल बुढामगरले जानकारी दिए। आफू भने बुधबार काममा नगएकाले सुरक्षित रहेको जानकारी गराएको उनका बुवासमेत रहेका आलिताल गाउँपालिका–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले जानकारी दिए। अहिले छोरा सुनिलसँग पनि सम्पर्क हुन नसकेको वडाध्यक्षा बुढा मगरले बताए।




प्रतिक्रिया दिनुहोस्