नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द

चितवन : रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णतः बन्द गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार अहिले त्याे क्षेत्रमा बाढी पुगेसँगै बाटाे बन्द गरिएकाे हाे । 

बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र उक्त क्रम फैलिने अवस्था भएका कारण दुवैतर्फबाट सवारी आवागमन निषेध गरिएको बताइएकाे छ। बाढीले दर्जनौँ बस्ती र बजार बगाएको छ । तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंबाट विपद् व्यवस्थापनको प्रहरी टोली त्यसतर्फ गइसकेको बताइएकाे छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार