बाजुरा : प्रसिद्ध धार्मिक स्थल बडीमालिका दर्शनका क्रममा अक्सिजनको स्तर कम भई अस्वस्थ हुनुभएका एक भक्तजनको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
सुर्खेतस्थित नेपाली सेनाको ब्यारकबाट उडेको उद्धार हेलिकप्टरले अस्वस्थ भक्तजनलाई सोता पाटन क्षेत्रबाट उद्धार गरी उपचारका लागि लगिसकेको छ।
उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी (हाई अल्टिच्युड) का कारण भक्तजनको स्वास्थ्यमा एक्कासि समस्या आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य खेम साउदलगायतले उद्धारका लागि पहल गर्नुभएको थियो। घटनाबारे जानकारी पाउनासाथ नेपाल सरकार र स्थानीय प्रशासनले उच्च गम्भीरता देखाउँदै नेपाली सेनाको हेलिकप्टर तुरुन्त परिचालन गरेको हो।
सरकारको तदारुकता र नेपाली सेनाको द्रुत उद्धारका कारण अस्वस्थ भक्तजनलाई समयमै स्वास्थ्य सुविधा पुर्याउन सम्भव भएको छ। समयमै भएको यस सफल उद्धारलाई स्थानीय, भक्तजन तथा शुभचिन्तकहरूले सरकार र नेपाली सेनाको तत्परताको प्रशंसा गरेका छन्।




प्रतिक्रिया दिनुहोस्