स्वास्थ्यमा समस्या आएपछी बडिमालिका नपुगी बिच बाटो बाटै फर्किए गोपाल हमाल

भक्तराज जोशी

धनगढी : धनगढी उपमहानगरपालिकावासीको सु-स्वास्थ्य, शान्ति र प्रगतिको कामना गर्दै अघि बढेको बडीमालिका सरकारी पूजा टोलीमा सहभागी नगर प्रमुख गोपाल हमाल अस्वस्थ भएपछि बीच बाटोबाटै फर्किएका छन्।
​धनगढी उपमहानगरपालिकाद्वारा गत वर्षदेखि प्रारम्भ गरिएको जगत जननी श्री बडीमालिका माताको मन्दिरमा सरकारी पूजा आयोजना गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष भाद्र ५ गते मेयर हमालको नेतृत्वमा टोली बाजुरातर्फ प्रस्थान गरेको थियो।
​यात्राका क्रममा भाद्र ७ गते राति करिब ३,४५० मिटरको उचाइमा रहेको सोता पाटन नजिक पुग्दा मेयर हमाललाई श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीरमा अक्सिजनको मात्रा घटेर लेक लागेको (हाई अल्टिच्युड) थियो। अस्वस्थता बढेपछि उनी आज (भाद्र ८ गते) बिहानैबाट यात्रा स्थगित गरी सुरक्षित स्थानतर्फ फर्किएका छन्।
​यसअघि २०७८ सालमा पहिलोपटक बडीमालिकाको दर्शन गरिसकेका मेयर हमालको यो दोस्रो यात्रा थियो। आफू फर्किए पनि धनगढी उपमहानगरपालिकाको बाँकी टोली भने बडीमालिका मन्दिरमा विधिवत् पूजा-आजा र दर्शनका लागि अगाडि बढेको जानकारी मेयर हमालले दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार