धनगढी : नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) लोकबहादुर खडायत २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्। आफ्नो काममा इमानदार र कर्तव्यनिष्ठ रहेर उत्कृष्ट काम गरेबापत उनलाई यो सम्मान प्रदान गरिएको हो।
कैलालीको गोदावरी नगरपालिका वडा नं. २, अत्तरिया स्थायी घर भएका खडायत २०७६ सालमा असई पदमा सेवा प्रवेश गरेका हुन्। उनी विगत दुई वर्षदेखि नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा काम गर्दै आएका छन्।
कार्यालयले तोकेको जिम्मेवारी, विभिन्न तालिमहरूमा उत्कृष्ट प्रशिक्षकको रूपमा खेलेको भूमिका तथा संगठनको नियम र अनुशासनलाई राम्रोसँग पालنا गरेर उच्च व्यावसायिकता देखाएकाले उनलाई यो सम्मान गरिएको हो। गणका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) छेदी लाल कामतीले खडायतको कामको कदर गर्दै उनलाई २०८३ साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।
उनको यो सफलताले अन्य प्रहरी कर्मचारीहरूलाई पनि आफ्नो काममा अझ बढी लगनशील र इमानदार बन्न प्रेरणा मिलेको छ।




प्रतिक्रिया दिनुहोस्