मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि रिसाएर हिँडिन् आशिका

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेको भन्दै रास्वपा सांसद प्रतिनिधिसभा बैठक छाडेर हिँडेकी छन् ।

पराष्ट्रमन्त्रीले जवाफ दिँदा दिँदै सांसद तामाङले उठेर प्रश्न सोध्न पाउनुपर्ने अडान राखेकी थिइन् । तर, सभामुखले बोल्न समय दिएनन् ।

सभामुखले भने, ‘मैले बोल्न समय दिएको छैन, बस्नुस् ।’

तर उनले आफूले बोल्न पाउनुपर्ने अडान राखिन् । त्यति गर्दा पनि नरोकिएपछि सभामुखले सांसद तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिए । सभामुखको निर्देशनपछि उनी झोला टिपेर झोंकिँदै बैठक छाडेर हिँडिन् ।

सांसद तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा सरकारको जवाफ मागेकी थिइन् । त्यसबारे हिजो सभामुखले रुलिङ गरेपछि मन्त्री खनालले आज जवाफ दिएका थिए । तर, मन्त्री खनालको जवाफमा उनले चित्त बुझाइनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार