‘वैदेशिक रोजगार ठगी र अलपत्र नेपालीको उद्दारका लागि छानबिन समिति आवश्यक’

काठमाडौं : राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि अध्ययन गर्न संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले बैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा नेपालीहरू अलपत्र पर्ने क्रम बढेकाले यसको समाधानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । यस राष्ट्रिय समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए।

उनले  वार्षिक करिब ७ लाख युवा विदेश जाँदा झन्डै १ लाख ५० हजारभन्दा बढी मानिस ठगीमा पर्ने गरेको धारणा राखे ।  भिसा दिने र काम दिलाउने नाममा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट व्यापक ठगी भइरहेको र ठगीलाई धन्दाकै रूपमा चलाइएको उनले बताए।

ठगि गर्नेहरूलाई कडा कानुनी दायरामा ल्याउन विद्यमान कानुन अपर्याप्त भए तत्काल संशोधन गरेर भए पनि कारबाही गर्नुपर्ने उनको भनाइ छ । 

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार