सत्तारूढ रास्वपा सांसद रचना खतिवडा खत्रीले भदौ २३ गते प्रधानमन्त्री बालेन शाहले सहिदका नाममा सम्बोधन गर्नैपर्ने बताएकी छन्।
आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘भदौ २३ को बलिदानबाट बनेको यस सरकारसँग स्पष्ट जबाफ माग्न चाहन्छु कि त्यस दिन प्रधानमन्त्रीज्यूले देशव्यापी रूपमा सहिदको नाममा सम्बोधन गर्नैपर्छ।’
भदौ २३ गते जेनजी आन्दोलन भएको १ वर्ष पूरा हुँदैछ।
‘यस आन्दोलनबाट युवाले भ्रष्टाचार अन्त्य, सुशासन, सुरक्षित भविष्यका लागि बलिदान दिएका थिए, प्रधानमन्त्रीज्यूले यस दिन देशमा सहिदका नाममा सम्बोधन गर्नुहुन्छ भन्ने पूर्ण माग र आशा राखेको छु,’ उनले भनिन्।
जेनजी आन्दोलनका कति माग पूरा भए भन्ने देशले जान्न चाहेको पनि उनको भनाइ छ।
‘यो सम्बोधनमा देशले जान्नुपर्छ, सहिद र घाइतेका कति माग पूरा भए र कति बाँकी छ। भ्रष्टचारीलाई कारबाही हुन्छ कि हुँदैन, राम्रा काम गर्न सरकारलाई कसले रोकिरहेको छ, सहिद परिवार र घाइतेका परिवारले कहिले न्याय पाउँछन्?’ उनले प्रश्न गरिन्।




प्रतिक्रिया दिनुहोस्