नरनारायण शाह ‘मनु’को देउवालाई आग्रह : ‘कांग्रेस फुट्न नदिनुहोस्, अभिभावकीय भूमिका खेल्नुहोस्’

कैलाली : नेपाली कांग्रेस कैलालीका नेता नरनारायण शाह ‘मनु’ले पार्टीका अग्रज नेता शेरबहादुर देउवालाई अहिलेको परिस्थितिमा संयमित र अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहले देउवालाई वरिपरिका केही व्यक्तिले गरेको अत्यधिक प्रशंसा र आश्वासनका कारण वास्तविकता बुझ्न कठिन भएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्-
“हजुर नेपाली काँग्रेसका अग्रज नेता हुनुहुन्छ । अब हजुरले खेल्ने भूमिका पनि त्यही उचाइको हुनुपर्छ ।”
वर्तमान अवस्थामा गगन थापाले पार्टी पनि जोगाउन सक्ने र देउवाको राजनीतिक सम्मान पनि जोगाउन सक्ने भन्दै शाहले देउवालाई सहज, संयमित र अभिभावकीय भूमिका खेल्न आग्रह गरेका छन्।
उनले आगामी पुस्तालाई विभाजन होइन, एकता र सहमतिको विरासत दिएर जान देउवालाई आग्रह गर्दै लेखेका छन्-
“काँग्रेस फुट्न नदिनुहोस् । पार्टीलाई एकढिक्का बनाउने वातावरण निर्माण गर्नुहोस् । हजुरको सम्मान पनि जोगिनेछ, काँग्रेसको भविष्य पनि जोगिनेछ ।”
अन्त्यमा शाहले लेखेका छन्-
“आत्तिनु पर्दैन अंकल – समयले हजुरलाई अझ ठूलो भूमिका खेल्ने अवसर दिएको छ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार