धनगढी : कैलालीकी वर्षा खनालले अमेरिकाको प्रतिष्ठित ‘द युनिभर्सिटी अफ न्यु मेक्सिको’ (UNM) मा अध्ययनरत रहँदा उत्कृष्ट शैक्षिक सफलता हासिल गर्दै ६ वटा प्रतिष्ठित छात्रवृत्ति र शैक्षिक पुरस्कारहरू प्राप्त गरेकी छन्। खनालले सन् २०२६ को जुन र जुलाई महिनाको छोटो अवधिमै करिब १० हजार अमेरिकी डलर (करिब १५ लाख रुपैयाँ) बराबरका पुरस्कारहरू जितेकी हुन्।
उक्त विश्वविद्यालयको ‘जेराल्ड मे डिपार्टमेन्ट अफ सिभिल, कन्स्ट्रक्सन एन्ड इन्भाइरोन्मेन्टल इन्जिनियरिङ’ मा स्नातक तहको सातौँ सेमेस्टरमा अध्ययनरत खनालले आफ्नो मेहनत र लगनशीलताले नेपालको नाम उच्च पारेकी छन्।
के-के पुरस्कार पाइन् ?
खनालले सन् २०२६ मा विभिन्न निकायबाट निम्न पुरस्कार तथा छात्रवृत्ति प्राप्त गरेकी हुन्:
१. SEANM आउटस्ट्यान्डिङ जुनियर स्टुडेन्ट स्कलरसिप: स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन अफ न्यु मेक्सिकोबाट ५०० डलर।
२. NMBEF एम्पावर हर: वुमन अफ कन्स्ट्रक्सन (डा. डेब) स्कलरसिप: न्यु मेक्सिको बिल्डिङ एजुकेसन फाउन्डेसन/एसोसिएटेड जनरल कन्ट्र्याक्टर्स अफ न्यु मेक्सिकोबाट २,००० डलर।
३. जेरोम डब्लु. हल मेमोरियल स्कलरसिप: इन्स्टिच्युट अफ ट्रान्सपोर्टेसन इन्जिनियर्स – न्यु मेक्सिको सेक्सनबाट २,००० डलर।
४. NMBEF अन्डरग्य्रजुएट स्कलरसिप: न्यु मेक्सिको बिल्डिङ एजुकेसन फाउन्डेसनबाट २,५०० डलर।
५. NMSWANA स्कलरसिप अवार्ड: न्यु मेक्सिको सोलिड वेस्ट एसोसिएसन अफ नर्थ अमेरिका रोडरनर च्याप्टरबाट २,००० डलर।
उत्कृष्ट शैक्षिक छवि
खनालले सिभिल इन्जिनियरिङअन्तर्गत स्ट्रक्चरल, ट्रान्सपोर्टेसन र कन्स्ट्रक्सन क्षेत्रमा आफ्नो प्रभाव जमाउँदै आएकी छन्। उनी न्यु मेक्सिकोभरका विभिन्न व्यावसायिक इन्जिनियरिङ संस्थाहरूमा पनि उत्तिकै सक्रिय छिन्। उत्कृष्ट शैक्षिक प्रदर्शन, इन्जिनियरिङ अनुसन्धान र विद्यार्थी नेतृत्वका कारण उनले आफूलाई एक प्रतिभाशाली र सक्रिय इन्जिनियरिङ विद्यार्थीका रूपमा स्थापित गरेकी छन्।
उनको यस सफलताले न केवल उनको व्यक्तिगत प्रतिभालाई झल्काउँछ, बरु विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूले विश्वमञ्चमा पुर्याइरहेको योगदानलाई पनि थप उचाइमा पुर्याएको छ। उनको सफलताप्रति स्वदेशमा रहेका आफन्त तथा शुभेच्छुकहरूले खुसी व्यक्त गर्दै बधाई दिएका छन्।




प्रतिक्रिया दिनुहोस्