बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुराः बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा पुरिएर २० वर्षीया प्रतीक्षा थापा बेपत्ता भएकी छन्। पहिरोमा परी दुई जना घाइते भएका छन्।

अविरल वर्षापछि आएको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। धर्म थापाकी छोरी प्रतीक्षा पहिरोमा पुरिएर बेपत्ता भएकी हुन्।

पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्। प्रहरीका अनुसार धर्मको बायाँ खुट्टा र शरीरका विभिन्न भागमा तथा रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको छ। दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको छ।

प्रतीक्षाको खोजीका लागि प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। खोजी तथा उद्धारमा सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दासमेत जुटेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार