काठमाडौं: त्रिवि व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट (CMAT 2083) को नतिजा सार्वजनिक भएको छ। नयाँ बानेश्वरस्थित प्रतिष्ठित शैक्षिक संस्था क्यारियर स्टेसन (Career Station) बाट तयारी गरेका विद्यार्थीहरूले यस वर्ष पनि उत्कृष्ट अंक ल्याउँदै ऐतिहासिक सफलता हासिल गरेका छन्।
सार्वजनिक नतिजा अनुसार मिलटन इन्टरनेसनल कलेज, मिनभवनमा अध्ययनरत यमुना लामिछाने १०० पूर्णांकमा ९३ अंक प्राप्त गर्दै सीम्याट परीक्षामा नेपाल टप (Nepal Topper) बन्न सफल भएकी छिन्। उनको यो सफलताले क्यारियर स्टेसन र मिलटन इन्टरनेसनल कलेजको नाम उचो बनाएको छ।
त्यस्तै, क्यारियर स्टेसनबाटै सीम्याटको तयारी गरेकी कृिशा शाक्य ९२ अंकसहित दोस्रो स्थानमा सफल भएकी छिन्। यसैगरी प्राची आचार्यले ९० अंक, मिनु यादव र सपुना लिम्बुले समान ८९/८९ अंक, स्मृति बस्नेतले ८६ अंक र अनु कुमारी सिंहले ८१ अंक प्राप्त गरी उत्कृष्ट प्रदर्शन गरेका छन्।
सफलताको श्रेय कडा मेहनत र नियमित तयारीलाई
विद्यार्थीहरूको यो उपलब्धी केवल आकस्मिक नभई उनीहरूको कडा मेहनत, निरन्तरता, लगनशीलता र संस्थागत सही मार्गनिर्देशनको परिणाम भएको क्यारियर स्टेसनले जनाएको छ। व्यवस्थापन संकाय अन्तर्गतका प्रतिष्ठित विषयहरू (BBA, BBM, BHM, BIM, BTTM आदि) मा विद्यार्थीहरूको आकर्षण र सफलताका कारण क्यारियर स्टेसन विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ।
CMAT 2084 का लागि तयारी कक्षा सुरु
यस वर्ष झैँ आगामी CMAT 2084 मा पनि उत्कृष्ट नतिजा ल्याउन चाहने विद्यार्थीहरूका लागि क्यारियर स्टेसनले नयाँ सत्रको तयारी कक्षा तथा भर्ना खुला गरेको छ।
थप जानकारी तथा परामर्शका लागि:
संस्था: Career Station Education Consultancy Pvt. Ltd.
ठेगाना: नयाँ बानेश्वर, काठमाडौं
सम्पर्क नम्बरहरू: ९८६५७६५३४७, ९८४८४५९८४९
वेबसाइट: www.careerstation.np




प्रतिक्रिया दिनुहोस्