सुदूरपश्चिम सरकारको काउण्टडाउनः आज दलको बैठक, भोलि मुख्यमन्त्रीको राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि पदबाट राजीनामा दिने तयारी गरेका छन्।

अघिल्लो महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

‘२८ गतेसम्म उहाँ संवैधानिक रूपमा हुनुहुन्छ। सोही दिन राजीनामा दिने तयारी गर्नुभएको छ,’ उनीनिकट स्रोतले भन्यो।

पहिले मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी नगरेका भने होइनन्। तर, विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिने तयारी गरेको कांग्रेसको दाबी छ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकार जोगाउन २७ सांसदको आवश्यक पर्छ। अहिले मुख्यमन्त्री शाहसँग कांग्रेसका १८ सांसदको समर्थन रहेको छ। तीमध्ये कांग्रेसका प्रकाश देउवा अमेरिका छन्।

सरकार जोगाउन मुख्यमन्त्री शाहलाई कांग्रेसको मतसहित थप १० मत आवश्यक पर्दछ। थप मतको सुनिश्चितता नभएपछि मुख्यमन्त्री राजीनामा दिने तयारीमा जुटेका हुन्।

मुख्यमन्त्रीको राजीनामालगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक सरस्वती खड्काले बताइन्।

‘एमालेले समर्थन फिर्ता लिएपछि हामी स्पष्ट रूपमा अल्पमतमा परेको कुरा सबैलाई थाहै छ,’ खड्काले भनिन्, ‘त्यसै विषयमा परामर्श गर्न मुख्यमन्त्रीज्यूले दलको बैठक बोलाउनुभएको हो।’

शाह अल्पमतमा परेको २९औँ दिनमा कांग्रेस संसदीय दलको बैठक बोलाएर ३०औँ दिनमा पदबाट राजीनामा दिने तयारी गरेका हुन्।

पहिले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिले सोझै प्रदेश प्रमुखलाई राजीनामा दिने विषयमा पनि आन्तरिक छलफल गरिरहेको उनीनिकट स्रोतले बताएको छ।

‘भोलि विश्वासको मत लिने वा राजीनामा दिने अन्तिम समय हो। कार्यव्यवस्था बोलाएर संसद् बोलाउन समय निकै कम हुन सक्छ,’ उनीनिकट स्रोतले भन्यो, ‘पहिले संसद्बाट राजीनामा दिने विषयमा कुरा भए पनि अब संसद्मा सम्बोधन गर्ने सम्भावना कम रहेको छ।’

मुख्यमन्त्री शाहले राजीनामा दिएलगत्तै नयाँ सरकार गठनको बाटो खुल्नेछ। पाँचौँ मुख्यमन्त्रीका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने विषयमा केन्द्रमा नेकपा र एमालेले सहमति जनाइसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार