कपडा उधोग सन्चालनमा ल्याएकोमा नेपाल आर्मीलाई धन्यवाद : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौडा कपडा उधोग सन्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाल आर्मीलाई धन्यवाद व्यक्त गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले कपडा उधोगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्।

उनले उधोगलाई दीर्घकालीन रूपले निरन्तर ईफिसियन्टली चलाउन निजी क्षेत्रलाई साझेदारीमा ल्याउन जरुरी रहेको उल्लेख गरे ।

‘हेटौडा कपडा उधोग सन्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाल आर्मीलाई धन्यवाद। कपडा उधोगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिइयोस्,’ उनले भने, ‘उधोगलाई दीर्घकालिन रूपले निरन्तर ईफिसियन्टली चलाउन नीजि क्षेत्रलाई साझेदारीमा ल्याउन जरूरी छ। यसतर्फ पनि सरकारले ध्यान दिइयोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार