दुर्गा प्रसाईँलाई हर्कको प्रश्न : बिहान पक्राऊ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारण के रहेछ?

काठमाडौं, साउन २५ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जय नेपाल पार्टीका नेता दुर्गा प्रसाईँसँग प्रश्नैप्रश्न गरेका छन्।

उनले प्रसाईँले अशान्ति र कलह चाहिरहनुको कारण के रहेछ भन्दै चार वटा प्रश्न गरेका हुन्। साथै, प्रसाईँले नेपाल चलाउन सकिएन भारतलाई सुम्पिदिउँ भन्नुको कारण र बिहान पक्राउ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारणबारे पनि जान्न खोजेका छन्।

यस्तै, उनले ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रैछ भन्दै चौथो प्रश्न गरेका छन् । ‘दुर्गा प्रसाइँ जीले अशान्ति र कलह चाहिरहनुको कारण, नेपाल चलाउन सकिएन भारतलाई सुम्पिदिउँ भन्नुको कारण, बिहान पक्राऊ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारण, ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रहेछ?’ सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार