काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धि र रोजगारीसँग जोड्ने लक्ष्य राखे पनि पर्यटन बजेटको ठूलो हिस्सा अझै धार्मिक संरचना निर्माणमै केन्द्रित भएको देखिएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पर्यटन क्षेत्रका लागि ४६ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये २७ करोड २ लाख रुपैयाँ धार्मिक क्षेत्रसँग सम्बन्धित योजनामा खर्च भएको छ।
मन्त्रालयको विवरणअनुसार १३३ मन्दिर, ६ क्रिश्चियन मण्डली, २ मस्जिद, ८ धर्मशाला, एउटा मूर्ति निर्माण र २२ धार्मिक क्षेत्र घेरापर्खालसहित १७४ योजना कार्यान्वयन गरिएका छन्। मन्दिर निर्माणमा मात्रै १८ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ।
पर्यटन क्षेत्रका जानकारहरूले संरचना निर्माणभन्दा गन्तव्य विकास, होमस्टे, सेवा विस्तार, डिजिटल प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा लगानी बढाउनुपर्ने बताएका छन्। उनीहरूका अनुसार यस्ता क्षेत्रमा लगानी भए मात्रै दिगो रोजगारी र पर्यटन अर्थतन्त्र विस्तार हुन सक्छ।




प्रतिक्रिया दिनुहोस्