सरकार सफल–असफल हुने कुरा प्रतिपक्षको कुरा सुन्छ–सुन्दैनले निर्धारण गर्छ : हर्क साम्पाङ

श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने÷नहुने कुरा प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद साम्पाङले विगतको अभ्यास र परम्पराले पनि त्यहि देखाएको बताउँदै सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको बताए । उनले यस्तो इतिहास नदोहोरियोस् भन्ने आफूहरुले चाहेको समेत बताएका छन् ।

जनताले आफूहरुलाई हाम्रो कुरा बोल्नु है भनेर पठाएको बताउँदै आफूहरुले संसदमा बोलेका कुरा सरकारले गम्भीर भएर बुझ्नु पर्ने कार्यान्वयन समेत गर्नुपर्ने बताएका छन् ।

सरकारले बोल्नु पर्ने बताउँदै उनले भने, ‘हामी चाहन्छौं सरकार बोलोस्, के हो त सरकारको आधिकारिक धारणा ?’ नेपाली जनताले ग्यास निःशुल्क नचलाएको बताउँदै सांसद साम्पाङले भने, ‘जनताले ट्याक्स–भ्याटसहित ग्यास किनेर चलाउँछन्, त्यो पैसा चाँहि कसले लादोरहेछ ?’ ग्यासको सप्लाई चेन के भएर ब्रेक भयो भन्दै उनले सप्लायर्सलाई पैसा किन पठाइँदैन ? भन्दै प्रश्न गरेका छन् । उनले प्रश्न गरे, ‘बीचमा त्यो पैसा कसैले चलाई दिन्छ कि क्या हो ?’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार