ओली–लेखकसँग बालेन–सुधनले माफी माग्नुपर्ने एमालेको जिकिर

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्न आवश्यक परे एमाले सडकमा आउन तयार रहेको बताएका छन् ।

दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी कार्यकर्तालाई जुनसुकै बेला सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएको बताए ।

भदौ २४ को घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको प्रसंग उठाउँदै पोखरेलले सुनसरी घटनामा पनि वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताए ।

उनका अनुसार, विगतमा गरिएको आरोप सही हो भने अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्छ, अन्यथा राजीनामा दिएर कानुनी प्रक्रियाका लागि बाटो खोल्नुपर्छ ।

उनले प्रतिपक्षी लोकतान्त्रिक शक्तिहरू मिलेर सरकारलाई गलत दिशामा जानबाट रोक्नुपर्ने पनि बताए ।

साथै, उपाध्यक्ष विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरणको नाममा गरिएको कारबाहीलाई अनुचित भएको टिप्पणी गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार