बाजुराको स्वामिकार्तिकमा फेरि बाटोमै सुत्केरी, स्वास्थ्यकर्मीको सक्रियताले सुरक्षित जन्म

बाजुरा: दुर्गम भौगोलिक अवस्था र स्वास्थ्य सेवामा सीमित पहुँचका कारण बाजुरामा फेरि एक गर्भवती महिलाले अस्पताल पुग्नुअघि नै बाटोमै शिशुलाई जन्म दिनुपरेको छ। स्वास्थ्यकर्मीको समयमै भएको उपस्थितिले भने आमा र नवजात शिशु दुवै सुरक्षित भएका छन्।

स्वामिकार्तिक गाउँपालिका–३, जोरूकी २४ वर्षीया अनिता महतारा प्रसूति सेवाका लागि स्वास्थ्य संस्थातर्फ जाँदै थिइन्। तर बाटोमै अचानक प्रसव व्यथा बढेपछि अधारी खोलाको आसपासमै उनले शिशुलाई जन्म दिएकी हुन्।

घटनाको जानकारी प्राप्त भएपछि जुकोट स्वास्थ्य चौकीकी अनमी (एमसीएचडब्ल्यू) ज्ञानु शाही तत्काल घटनास्थल पुगेकी थिइन्। उनले आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदै सुरक्षित रूपमा सुत्केरी गराएकी थिइन्। स्वास्थ्यकर्मीको तदारुकता र व्यावसायिक सेवाका कारण आमा र नवजात दुवैको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्।

यो घटनाले दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सेवा अझै प्रभावकारी रूपमा पुग्न नसकेको अवस्था पुनः उजागर गरेको छ। सडक सञ्जाल कमजोर हुनु, यातायातका साधनको अभाव तथा स्वास्थ्य संस्थासम्मको लामो दूरीका कारण गर्भवती महिलाहरूले समयमै उपचार पाउन नसक्ने समस्या अझै कायम छ।

स्थानीयवासीले यस्ता घटना दोहोरिन नदिन दुर्गम बस्तीमा स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन, एम्बुलेन्स सेवा विस्तार गर्न र सडक पहुँच सुधार गर्न सरकारको विशेष पहल आवश्यक रहेको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार