बैतडीमा पूर्ण स्तनपान गराउने आमा ७६ प्रतिशत मात्रै

बैतडी — पूर्ण स्तनपान गराउने आमाको संख्या यहाँ ७६ प्रतिशत रहेको छ । बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दुधमात्रै खुवाउनुपर्ने भए पनि २४ प्रतिशतले अझै पूर्ण स्तनपान नगराउने गरेको स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक छ । 

बच्चा जन्मदेखि ६ महिनाको अवधिसम्म आमाको दुधमात्रै सेवन गराउने कार्यलाई पूर्ण स्तनपान भन्ने गरिन्छ । आमाको दुधमा बच्चाका लागि आवश्यक सबै पोषक तत्त्व पाइने भएकाले ६ महिनासम्म उसलाई आमाको दुधबाहेक अन्य खानेकुरा खुवाउन नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् । 

बैतडीमा गएको आर्थिक वर्षमा ३ हजार ५ सय ४० जना आमाले बच्चा जन्माएकामा २ हजार ६ सय ९१ जनाले पूर्ण स्तनपान गराएको स्वास्थ्य कार्यालय बैतडीका तथ्यांक अधिकृत एवं सूचना अधिकारी खगेन्द्र कार्कीले बताए । ८ सय ४९ जना आमाले बच्चालाई जन्मेदेखि ६ महिनाको अवधिमा आमाको दुधबाहेक अन्य कुरासमेत खुवाएको पाइएको उनले बताए । 

दशरथचन्द नगरपालिकामा ३ सय ५२ जना आमाले बच्चा जन्माएकामा ३ सय १७ जना, पाटन नगरपालिकामा ४ सय आमामध्ये ३ सय १ जनाले पूर्ण स्तनपान गराएको तथ्यांक छ भने पुर्चौंडी नगरपालिकामा ४ सय ९५ जना आमामध्ये ३ सय ८४ जनाले पूर्ण स्तनपान गराएको सूचना अधिकारी कार्कीले बताए । 

यस्तै मेलौली नगरपालिकामा ३ सय ९१ जना आमामध्ये २ सय १२ जना, डिलासैनी गाउँपालिकामा ३ सय ५ जना आमामध्ये २ सय ३४, दोगडाकेदार गाउँपालिकामा ३ सय २० जनामध्ये २ सय ४९, सुर्नया गाउँपालिकामा ३ सय १ जनामध्ये २ सय ३२ जनाले पूर्ण स्तनपान गराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकमा उल्लेख छ । 

पञ्चेश्वर गाउँपालिकामा ३ सय ४ जनामध्ये २ सय ४६, शिवनाथ गाउँपालिकामा ३ सय १० जनामध्ये २ सय ५४ जना र सिगास गाउँपालिकामा ३ सय ६२ जनामध्ये २ सय ६२ जना आमाले पूर्ण स्तनपान गराएको तथ्यांक छ । 

बच्चा जन्मेको एक घण्टाभित्रैको आमाको दुध र ६ महिनासम्म आमाको दुधमात्रै खुवाउनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । बच्चाको वृद्धि र विकासमा आमाको दुध अमृतसमान भएकाले ६ महिनासम्म आमाको दुधमात्रै खुवाउनुपर्ने उनले सुझाव दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार