खोलामा नुहाउने क्रममा डुबेर घोडाघोडीका एक बालकको मृत्यु

नगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरमा दोदा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय १२ वर्षीय टेकेन्द्र बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतवार दिउँसो करिब १ बजे साथीहरूसँग खोलामा नुहाउने क्रममा उनी डुबेर गम्भीर घाइते भएका थिए।

टेकेन्द्रसँगै १२ वर्षीय हरि बोहरा, आठ वर्षीय सुजन मौनी र १३ वर्षीया अनुस्का बोहरा पनि खोलामा नुहाइरहेका थिए। टेकेन्द्र डुबेको देखेपछि उनका साथीहरूले तत्काल घरमा खबर गरेका थिए।

जानकारी पाएलगत्तै उनकी आमा पुष्पा बोहरा घटनास्थल पुगेर छोरालाई खोलाबाट बाहिर निकाल्दै उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याएकी थिइन्। तर उपचारकै क्रममा दिउँसो करिब २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार