गेटा विश्वविद्यालयमा याे वर्षबाटनै पढाइ हुनुपर्छ:नगर प्रमुख हमाल

धनगढी: धनगढी उपमहानगरपालिकाले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।

नगर प्रमुख गोपाल हमालले गेटा मेडिकल कलेज विश्वविद्यालयको रूपमा स्थापित भइसकेकाले अब थप ढिलाइ गर्ने कुनै आधार नरहेको बताए। उनले विश्वविद्यालयमा शैक्षिक गतिविधि तत्काल सञ्चालन गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै यसै शैक्षिक वर्षबाट एमबीबीएस कार्यक्रम सुरु हुनुपर्नेमा उपमहानगरपालिका दृढ रहेको स्पष्ट पारे।

उनका अनुसार विश्वविद्यालयका पदाधिकारी नियुक्ति जस्ता प्रशासनिक विषयभन्दा पनि पठनपाठन सञ्चालन र सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ। “को पदाधिकारी बन्ने वा नबन्नेभन्दा पनि विश्वविद्यालय सञ्चालन भएर विद्यार्थीले पढ्न पाउनु र नागरिकले सेवा पाउनु महत्वपूर्ण हो,” उनले भने।

नगर प्रमुख हमालले गेटा मेडिकल कलेजको पूर्वाधार विकाससँग आफू प्रत्यक्ष रूपमा संलग्न रहेको अनुभव पनि स्मरण गरे। उनले डा. चेतराज पन्तको कार्यकाल समाप्त भएपछि शिक्षा मन्त्रालयको अधिकारअनुसार धनगढी उपमहानगरपालिकाले पूर्वाधार विकास समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको र उक्त जिम्मेवारी आफूले निर्वाह गरेकाले गेटाको समग्र अवस्थाबारे आफू जानकार रहेको बताए।

उनले सुदूरपश्चिमका नागरिकको गेटा मेडिकल विश्वविद्यालयसँग ठूलो अपेक्षा र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै अब कुनै अन्योल सिर्जना नगरी यही शैक्षिक वर्षभित्र कम्तीमा एमबीबीएस तहको पढाइ सुरु हुने वातावरण बनाउन सरकार, विश्वविद्यालय तथा सरोकारवाला सबै पक्षले समन्वय गर्नुपर्नेमा जोड दिए।

“हाम्रो उद्देश्य स्पष्ट छ। गेटामा जतिसक्दो चाँडो पठनपाठन सुरु होस्, नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाऊन्। त्यसका लागि सबै पक्षबाट सकारात्मक पहल आवश्यक छ,” उनले आग्रह गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार