धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–२ स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार दिउँसो साथीहरूसँग खोलामा पौडी खेलिरहेका बेला चौधरी डुबेका थिए। घटनापछि स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि निःसर्ग अस्पताल पुर्याएका थिए। तर उपचारकै क्रममा साँझ ५ः०२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्