खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–२ स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार दिउँसो साथीहरूसँग खोलामा पौडी खेलिरहेका बेला चौधरी डुबेका थिए। घटनापछि स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि निःसर्ग अस्पताल पुर्‍याएका थिए। तर उपचारकै क्रममा साँझ ५ः०२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार