रिहा भएपछि पहिलो पटक पार्टीको मञ्चमा अध्यक्ष ओलीसँगै देखिए उपाध्यक्ष पौडेल

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा गत साउन १ गते रिहा भएयता पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्।

विशेष अदालतको आदेशपछि रिहा भएर राजनीतिक कार्यक्रममा नदेखिएका उनी एक सातापछि बिहीबार अध्यक्ष केपी शर्मा ओलीसँगै देखिएका हुन् ।

उनी उक्त मुद्दामा साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न विशेषको आदेशपछि २५ दिन लामो हिरासत बसाइबाट मुक्त भएका थिए ।

४८औँ पुष्पला स्मृति दिवसका अवसरमा काठमाडौँको बबरमहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनी अध्यक्ष ओलीसँगै मञ्च शेयर गरेर सहभागी भएका हुन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । उनी २५ दिन हिरासतमा बसेपछि अदालतको आदेशअनुसार रिहा भएका थिए।

विशेष अदालतले प्रारम्भिक रूपमा थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकाल्दै उनलाई साधारण तारेखमा राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार