डोटीमा एक पुरुष मृत फेला

डोटी : डोटीमा एक पुरुष मृत फेला परेका छन् । जोरायल गाउँपालिका-२,मिलचौराहा निवासी अन्दाजी ४१ वर्षीय डम्बर बहादुर गुरुङ घरदेखि नजिकै सडक किनारमा मृत अवस्थामा फेला परेका हुन्।

बिहीबार बिहान करिब ६ बजेतिर स्थानीय गैरी खोला नजिक भिमदत्त राजमार्गको सडक किनारमा गुरुङ मृत अवस्थामा रहेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय बुडरलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं डीएसपी रण बहादुर चन्दले बताए ।

जानकारी प्राप्त हुनासाथ प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा ६ सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार