कञ्चनपुरमा एक वर्षमा १ हजार ३२४ अपराध दर्ता

धनगढी — जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभरि भएका अपराध तथा सुरक्षा गतिविधिको वार्षिक विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्कअनुसार साउन १ गतेदेखि असार मसान्तसम्मको अवधिमा कञ्चनपुरमा विभिन्न प्रकृतिका १ हजार ३२४ वटा अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार सबैभन्दा धेरै सङ्गठित तथा आर्थिक अपराधका ४०२ वटा मुद्दा दर्ता भएका छन्। त्यसपछि सामाजिक अपराधका १७९, ज्यान सम्बन्धी १११, महिला तथा बालबालिका सम्बन्धी ८४, चोरीका ८३, अन्य विविध अपराधका ६३ तथा सवारी ज्यानका ३१ वटा मुद्दा दर्ता भएका छन्।

जिल्लामा आत्महत्याका घटना पनि चिन्ताजनक देखिएका छन्। प्रहरीको तथ्याङ्कअनुसार समीक्षा अवधिमा १३८ जनाले आत्महत्या गरेका छन्, जसले मानसिक स्वास्थ्य र सामाजिक समस्याप्रति थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार एक वर्षमा जघन्य, गम्भीर तथा आर्थिक अपराधसँग सम्बन्धित २३३ वटा मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पछिल्लो समय विशेषगरी बैङ्किङ कसुरका घटनामा उल्लेख्य वृद्धि देखिएको उनले बताए। उनका अनुसार कञ्चनपुरमा मात्रै एक वर्षमा ८६ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएका छन्।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ८४, जुवातासका २६, ठगीका २६, कर्तव्य ज्यानका ५, मानव बेचबिखन तथा ओसारपसारका ३, मुद्रा सम्बन्धी (खोटा नोट/कारोबार) २हातहतियार तथा खरखजानासम्बन्धी १ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

अपराध अनुसन्धानका क्रममा प्रहरीले एक वर्षमा १ हजार १६६ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। यद्यपि अनुसन्धान तथा अदालतबाट सजाय तोकिएका २२६ जना प्रतिवादी अझै फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको डीएसपी रावतले जानकारी दिए।

प्रहरीले आगामी दिनमा जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउने, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने, आर्थिक अपराध न्यूनीकरण गर्ने तथा नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार