बालेनलाई जस्तै गगनलाई पनि एक्लै चलाउने रोग लागेको छ : महत

६ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन कुमार थापालाई एक्लै चलाउने रोग लागेको टिप्पणी गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजित बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

गिरिजाप्रसाद कोइरालाले समेत सबैसँग सल्लाह गर्ने गरेको उनले स्मरण गरे ।

‘गिरिजाबाबुले समेत सोध्नुहुन्थ्यो, मलाई यस्तो लागेको छ, के गर्ने हो तिमिहरू भन भन्नुहुन्थ्यो । तर, आज सबैलाई एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ,’ उनले भने, ‘देशको प्रधानमन्त्री एक्लै चलाउन चाहनुहुन्छ, सत्ताधारी पार्टीको नेता एक्लै चलाउन चाहनुहुन्छ । प्राविधिक रुपमा विशेष महाधिवेशनबाट नेतृत्वमा आउनुभएको नेता गगनजी हुनुहुन्छ, उहाँलाई पनि एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ ।’

पार्टीको विचार र सिद्धान्त त्यस्तो नभएको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसको विचार यस्तो होइन । नेपाली कांग्रेसको विधि सबैलाई जोडेर अघि बढ्छ । त्यो विचार हो नेपाली कांग्रेस,’ महतले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार