धनगढीः अछामको चौरपाटी गाउँपालिका–३ गगुडाका युवा डिल्लीराज साउँदको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ।
रोजगारी र भविष्य निर्माणको सपना बोकेर राजधानी पुगेका साउँद दुई दिनअघि मात्रै धनगढीबाट मोटरसाइकलमार्फत काठमाडौँ पुगेका थिए। तर, उपचारकै क्रममा उनको मृत्यु भएपछि परिवार, आफन्त र गाउँले शोकमा परेका छन्।
साउँदको निधनको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप विवरण सार्वजनिक नभए पनि उनको निधनप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहेको छ।
भविष्यका योजना र आशा बोकेर काठमाडौँ पुगेका साउँदको असामयिक निधनले अछामको चौरपाटी क्षेत्र शोकमय बनेको छ। परिवारजनले उनको सम्झनामा दुःख व्यक्त गरिरहेका छन्।




प्रतिक्रिया दिनुहोस्