अछाममा १७ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक जना पक्राउ

अछाम: अछाममा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ पर्नेमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–९ निवासी २७ वर्षीय जय प्रकाश स्वर्णकार रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार किशोरीमाथि जबरजस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले स्वर्णकारलाई पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार