कीर्तिपुरस्थित सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा प्रहरीबाट दुर्व्यहार भोगेका जेन–जी अगुवा माजिद अन्सारीले आफ्नो जीवनरक्षाका लागि अपिल गरेका छन् । उनले प्रहरीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेको उल्लेख गर्दै नागरिक समाज तथा मानवअधिकरलगायत संस्थाहरूलाई आफ्नो जीवनरक्षाको लागि अपिल गरेका हुन् ।
‘म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानवअधिकार समुदायहरू तथा सबै मानवअधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले गृहमन्त्री सुधन गुरुङ र प्रहरी प्रमुखसँग आफूलाई गरिएको कारबाहीको कानुनी आधार मागेका छन् ।
उनले प्रश्न गरेका छन्, ‘मलाई अहिलेसम्म मेरो पक्राउको कारण बारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानुनी हैसियतबारेमा पनि कुनै स्पष्टता छैन । के गृहमन्त्री वा प्रहरी प्रमुखज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानुनी कारबाहीहरू किन यति लक्षित तरिकाले मविरुद्ध गरियो ?’




प्रतिक्रिया दिनुहोस्