शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते, माया मेट्रो अस्पतालमा उपचार हुँदै

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी धनादेवी उपाध्याय शुक्लाफाँटा जंगलमा घाँस काट्न गएकी बेला बाघको आक्रमणमा परेकी हुन्।

घटना आइतबार बेलुका करिब ५ बजेतिर भएको बताइएको छ। आक्रमणपछि स्थानीयवासीले तत्काल उनको उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याएका थिए।

माया मेट्रो अस्पतालका इन्चार्ज जगत महताका अनुसार घाइतेको आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको छ। विशेषज्ञ चिकित्सकको निगरानीमा उनको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन भइरहेको अस्पतालले जनाएको छ।

घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको छ। साथै, वन क्षेत्रमा घाँस, दाउरा वा अन्य वनजन्य सामग्री संकलन गर्न जाँदा विशेष सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार