धनगढीका निजी विद्यालयले साउनदेखि ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ असुल्ने

धनगढी — धनगढीका निजी विद्यालयहरूले आगामी साउनदेखि विद्यार्थीबाट लिने विभिन्न शुल्कमा थप ३ प्रतिशत रकम संकलन गर्ने भएका छन्। सरकारले ल्याएको बजेट व्यवस्थाअनुसार निजी विद्यालयमा ‘शैक्षिक समता शुल्क’ लागू गर्न लागिएको हो।

प्याब्सन धनगढीका अध्यक्ष ध्रुवबहादुर सिंहका अनुसार सरकारले गरेको नयाँ व्यवस्थाबारे आन्तरिक राजस्व कार्यालयले निजी विद्यालयलाई जानकारी गराएपछि शुल्क संकलनको प्रक्रिया अघि बढाइएको हो।

नयाँ व्यवस्थाअनुसार विद्यार्थीबाट लिइने मासिक शुल्क, वार्षिक शुल्क, परीक्षा शुल्क, यातायात शुल्क, प्रयोगशाला शुल्कलगायत सबै प्रकारका शुल्कमा ३ प्रतिशत रकम थप गरिनेछ। विद्यालयहरूले संकलित रकम प्रत्येक चार महिनामा सरकारी कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ।

सरकारले शैक्षिक समता शुल्कबाट प्राप्त रकम आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका बालबालिकाको शिक्षामा पहुँच विस्तार र शैक्षिक पूर्वाधार सुधारमा प्रयोग गर्ने जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत निजी शिक्षण संस्थाले विद्यार्थीबाट लिने शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क लगाउने व्यवस्था गरिएको थियो। सोही व्यवस्थालाई कार्यान्वयन गर्न आर्थिक ऐनमा समेत कानुनी प्रावधान समावेश गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार