“केही पत्रकारले उचाल्न खोजे, तर मैले मुख खोलिनँ” – मृतक गणेश नेपालीका दाइको सनसनीपूर्ण खुलासा

काठमाडौँ — आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीका दाइले उपचार प्रक्रियामा सरकारको तर्फबाट कुनै कमी नभएको बताएका छन्। पत्रकार दिवाकर साहसँगको विशेष कुराकानीमा उनले सरकारले आफ्नो तर्फबाट आवश्यक सबै प्रयास गरेको स्पष्ट पारेका हुन्।

सरकारको बचाउ र दिल्ली लैजाने तयारी

अन्तर्वार्ताका क्रममा पत्रकार साहले “सरकारले उपचार गर्नुपर्नेमा कतै चुकेको जस्तो लाग्छ?” भनी सोधेको प्रश्नमा मृतकका दाइले सरकारको बचाउ गरे। उनले भने, “त्यस्तो कतै चुकेको जस्तो लागेन। प्रधानमन्त्री कार्यालयबाट पनि टोली खटिएको थियो। स्वयं गृहमन्त्री पनि उपस्थित हुनुभएको थियो। भाइलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी पनि भएको थियो। तर, दुर्भाग्यवश भाइ बच्न सकेन।”

‘लासमाथि राजनीति’ गरेकोमा पत्रकारकै दुःख र आक्रोश

कुराकानीका क्रममा पत्रकार दिवाकर साहले घटनालाई राजनीतिक रूपमा प्रयोग गरिएको तथा भ्युजका लागि केही पत्रकार र अभियन्ताहरूले संवेदनशीलता गुमाएको भन्दै दुःख व्यक्त गरे। “कतिपय पत्रकार र अभियन्ताले लासमाथि राजनीति गरेको र भ्युजका लागि घटनालाई प्रयोग गरेको देख्दा दुःख लाग्यो। म पनि पत्रकार नै हुँ,” साहले आक्रोश पोखे।

सरकारविरुद्ध बोल्न उचाल्ने प्रयास असफल

पत्रकार साहका अनुसार केही व्यक्तिहरूले मृतकका परिवारलाई सरकारविरुद्ध बोल्न समेत उचालेका थिए। यस कुरालाई पुष्टि गर्दै गणेश नेपालीका दाइले भने, “कतिपय पत्रकारले सरकारविरुद्ध बोल्न उचाल्न खोजेका थिए, तर मैले कसैलाई पनि अन्तर्वार्ता दिएन।”

गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर राजनीतिक वृत्त, सामाजिक अभियन्ता र सामाजिक सञ्जालमा तीव्र बहस भइरहेका बेला परिवारको यो पछिल्लो अभिव्यक्तिले घटनाको यथार्थतालाई फरक रूपमा प्रस्तुत गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार