नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाह र सत्तारूढ रास्वपा सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै सरकार आशको नभई त्रासको प्रतीक किन बन्दैछ भनेर प्रश्न गरेका छन्।
सामाजिक सञ्जाल एक्समा आज प्रधानमन्त्री र रास्वपा सभापतिलाई `मेन्सन´ गर्दै उपसभापति शर्माले भनेका छन्, ‘नागरिक `फ्रस्टेसन´ को प्रतिनिधि रूप हो गणेश नेपालीको आत्मदाह l हामी पुराना गएर, `नयाँ´ आएपछि पनि समाजमा `होप कृयट´ किन हुन सकिरहेको छैन, गहिराइमा गहन दृष्टि जरूरी छ l प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्, समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न।’
उनले हिजो प्रेम आचार्यलाई जीवनको आशमा बाँध्न नसकेको पनि उल्लेख गरेका छन्।
‘आज गम्भीर `फ्रस्टेसन´ किन यति छोटो समयमा?,’ उनले भने, ‘सब ठिकठाक भइरहेको छ, हिजो हाम्रा शीर्षले सोचेl परिणाम नकारात्मक निक्लियोl रवि लामिछाने ठिकठाक भइरहेको दृश्य हो यो? सरकार आशको होइन त्रासको प्रतीक किन बन्दैछ?’




प्रतिक्रिया दिनुहोस्