धनगढी: कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति बर्दगोरिया गाउँपालिका–६, जगतपुरका २३ वर्षीय समिर डगौरा हुन्। किशोरीमाथि करणी भएको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भजनीबाट परिचालित प्रहरी टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्