संसद्‌मा नेकपाको प्रश्न : कति जनाले आत्मदाह गरेपछि घर-घरमा राहदानी पुग्छ ?

२५ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा एक जना युवाले आत्मदाहको प्रयास गरेको विषय संसद्‌मा उठेको छ ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार आत्मदाह प्रयास गरेका हुन्

यो विषय प्रतिनिधिसभामा उठाउँदै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुललाले सरकारलाई प्रश्न गरे , ‘कति जना नागरिकले आफ्नो शरिरमा आगो लगाएपछि घर–घरमा राहदानी पुग्ने हो ?’

यो विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको स्वास्थ्य लाभको पनि कामना गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार