बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

कैलाली: कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्र मा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएको फार्मेसी र प्रयोगशाला सेवा बन्द भएपछि सेवाग्राही उपचारमा समस्या भोग्न बाध्य भएका छन्।

स्वास्थ्य केन्द्रले स्वास्थ्य बिमाबापत पाउनुपर्ने रकम लामो समयदेखि प्राप्त गर्न नसकेपछि जेठ २९ गतेदेखि बिमा सुविधामार्फत प्रदान हुँदै आएका फार्मेसी र प्रयोगशाला सेवा स्थगित गरिएको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिए।

उनका अनुसार सरकारले उपलब्ध गराउनुपर्ने बिमाको रकम नआउँदा अस्पतालको आन्तरिक स्रोतबाट खर्च धान्न नसकिएको हो। त्यसैले सेवा निरन्तर सञ्चालन गर्न कठिन भएपछि बिमा कार्यक्रम अस्थायी रूपमा रोकिएको उनले बताए।

चालु आर्थिक वर्षमा स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमामार्फत चार हजार ३७६ जनाले सेवा लिएका थिए। तर बिमा सुविधा बन्द भएपछि सेवाग्राहीको संख्या उल्लेख्य रूपमा घटेको छ। हालसम्म ६५ जना मात्रै स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेको तथ्यांकले देखाएको छ।

स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले आवश्यक बजेट व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटकपटक आग्रह गरे पनि हालसम्म सुनुवाइ नभएको गुनासो गरे। उनले बिमा सेवा पुनः सञ्चालनका लागि सम्बन्धित निकायले शीघ्र आवश्यक पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार