सेवाग्राही कुट्ने यातायातका निमित्त हाकिमको खोसियो जिम्मेवारी

काठमाडौं । कार्यालयमै सेवाग्राही कुटेको भिडियो भाइरल भएसँगै यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ ।

आजको मन्त्रीस्तरीय निर्णयबाट आचार्यलाई मन्त्रालय तानिएको हो । उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई पठाइएको छ । हाल आचार्यलाई धनुषा प्रहरीमार्फत बारा प्रहरीले कार्यालय झिकाएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार सार्वजनिक भएको सिसिटिभी भिडियो गत फागुन तेस्रो साता तिरको रहेको बताइएको छ। कार्यालय प्रमुखको कार्यकक्ष बाहिर एक सेवाग्राहीसँग विवाद चर्किएपछि दुवै पक्षबीच हातपात भएको थियो । तर कुटपिट गरेको भिडियाे अहिले सार्वजनिक भएसँगै मन्त्रालयले एक्सन लिएकाे हाे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार