खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुमवासीहरू विरोधमा

२३ असार, काठमाडौं । सरकारले खानाको व्यवस्था नगरेपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुमवासीहरूमा विरोधमा उत्रिएका छन् ।

सोमबार बेलुकादेखि आफूहरूले खाना नपाएको त्यहाँ बसेका सुकुमवासीहरू बताएका छन् । ‘खाना नदिएपछि रातभरी भोकै बस्यौं । केही उपाय नलागेपछि बिहानैदेखि विरोध गरिरहेका छौं’, होल्डिङ सेन्टरका एक सुकुमवासीले भने

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार विहानसम्म खाना पाएको बताए । उनले भने, ‘हिजो बिहान खाना खाएर निस्केको हुँ । साँझदेखि खाना नदिएको रहेछ । म कोठा खोज्दै हिंडेको छु ।’

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । ‘सरकार आफैले होल्डिङ सेन्टरमा बस्न दिएको अवधीसम्म पनि भोकै राख्यो,’ खरिपाटीकै अर्का सुकुमवासी भन्छन्, ‘हाम्रो भन्दाबढी विचल्ली विरामी, पाका उमेरका र बालबालिकाको भयो । खाना खाएपछि खानु पर्ने औषधि नखाई बस्नु भएको छ ।’

सरकारले गत वैशाखमा बागमती र मनोहरा किनारका बस्ती खाली गरेर विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो । खरिपाटीमा ९९ परिवारका २०७ जना छन् ।

सुकुमवासीले विरोध गर्न थालेपछि अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार