बैतडीमा घर भत्किँदा गर्भवतीसहित तीन जना घाइते

बैतडी – बैतडीको मेलौली नगरपालिका–१ सिराडमा सोमबार बिहान दुईतले घरको संरचना अचानक भत्किँदा एकै परिवारका तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुने पार्कीको घरको मुख्य जुवा भाँचिएपछि बीचको तला एक्कासि खस्दा दुर्घटना भएको हो। घटना बिहान करिब ४ बजे भएको बताइएको छ।

दुर्घटनामा १८ वर्षीया मनिषा पार्की, १३ वर्षीया चाँदनी पार्की र २२ वर्षीया बुहारी प्रिया पार्की घाइते भएका छन्। घाइतेमध्ये आठ महिनाकी गर्भवती प्रिया पार्कीको ढाडमा चोट लागेको छ भने मनिषाको कम्मर र चाँदनीको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते तीनै जनाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घटनामा गोठमा बाँधिएका दुई बाख्रा पनि घाइते भएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार