डोटी : दिपायलबाट बझाङतर्फ जाँदै गरेको एक बोलेरो जीप सोमबार बिहान डोटीको साइल गार्ड खोलामा आएको बाढीले बगाएको छ।
आज बिहान करिब ५ बजे साइल गाउँपालिका वडा नम्बर २ र ४ को सिमानामा पर्ने साइल गार्ड खोला तर्ने क्रममा सुप ०१ ००१ च २६ ८० नम्बरको जीपलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त जीपका धनी एवं चालक के.आई. सिंह गाउँपालिका-२, वाइल बस्ने पारस कठाएत रहेका छन्।
घटनाबारे जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा खटिएको छ। खोलाको बीचमा अट्किएको गाडीलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रहरी र स्थानीय बासिन्दाले प्रयास गरिरहेका छन्।




प्रतिक्रिया दिनुहोस्