डोल्पा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

२१ असार, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका-०४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका-०८ डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए । दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्।

घाइतेहरूलाई थप उपचारका लागि उद्दार गरेर जुम्ला पठाउने तयारी भइरहेको छ ।

उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ समेत आइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

घटनाबारे थप विवरणसँगै घाइतेहरूको पहिचान हुने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार