धनगढी। कैलालीको धनगढीबाट लागूऔषध चरेशसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिकाकी ३२ वर्षीया कुसला शाही रहेकी छन्। हाल उनी धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकमा रहेको पदम सपिङ कम्प्लेक्सभित्र ‘समता क्याफे’ सञ्चालन गर्दै आएकी थिइन्।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले शनिबार दिउँसो क्याफेमा खानतलासी गर्ने क्रममा काउन्टरभित्र लुकाएर राखिएको २० ग्राम ६६० मिलिग्राम चरेश बरामद गरेको जनाएको छ।
बरामद गरिएको लागूऔषधसहित शाहीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्