कर्णाली नदीमा खसेको यात्रुवाहक बस र यात्रुको खोजीमा सेना

काठमाडौँ- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित साङ्गेतडा क्षेत्रमा राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी तथा त्यसमा सवार यात्रुहरूको खोजी कार्य तीव्र पारिएको छ।

नेपाली सेनाले घटनास्थलमा ड्रोन प्रविधिसमेत प्रयोग गरी खोजी तथा उद्धार अभियान सञ्चालन गरेको छ।

खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी तथा अन्य सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिएको सेनाले जनाएको छ।

दुर्गम भौगोलिक अवस्था र नदीको तीव्र बहाबका बाबजुद बेपत्ता गाडी तथा यात्रुहरूको अवस्थाबारे जानकारी जुटाउन खोजी कार्य निरन्तर जारी रहेको सेनाले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको र उद्धार टोलीले खोजी अभियानलाई अझ प्रभावकारी बनाउँदै लगेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार