पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

लोकमार्ग अवरुद्ध भएपछि दार्चुलाबाट भित्रिने र बाहिरिने छोटो तथा लामो दूरीका दर्जनौँ सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्, जसका कारण यात्रुहरू अलपत्र परेका छन्।

सडक विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा प्रहरीले पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ। यद्यपि, सो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन केही समस्या भइरहेको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले जोखिमयुक्त क्षेत्रहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारण र चालकहरूलाई अनुरोध गरेको छ।

facebook sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार