कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ च १८६७ नम्बरको बोलेरो जिपले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०१–०११ प ३१५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक जनक रिमाल घाईते हुनु भएको छ । उहाँको टाउको, मुख तथा शरीरमा चोट लागेकोे जनाएको छ । उहाँसँगै स्कुटरको पछाडि सवार श्रीमती धना रिमालको टाउको, हात तथा मुखमा गम्भीर चोट लागेको छ ।

दुवै घाइतेलाई उपचारका लागि लालरत्न अस्पताल, लम्की पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बोलेरो चालक फरार भए पनि अहिले सम्पर्कमा आएको र दुर्घटनामा संलग्न बोलेरो र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सूचना अधिकारी तिमिल्सेनाले जानकारी दिनुभयो ।घटनास्थल पूर्व–पश्चिम

राजमार्गअन्तर्गत इलाका प्रहरी कार्यालय लम्कीबाट करिब ७ किलोमिटर पश्चिम, गप्का क्षेत्रमा रहेको छ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार