एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

नेकपा एमालेका सांसद पुष्पराज कँडेलले पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसुर रहेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले पार्टी उपाध्यक्ष पौडेललाई प्रतिशोधको कारण पक्राउ गरिएको बताए । 

‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे, गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउन गरिएको हो । त्यसमा पनि एमालेलाई बदनाम गर्ने उद्देश्य प्रेरित पक्राउ हो,’ उनले भने ।  

सम्पत्ति शुद्धीकरणको आरोपमा उपाध्यक्ष पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो । 

त्यस्तै, सांसद कँडेलले प्रधानमन्त्री वालेन्द्र शाहले गत १७ जेठमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे माफी माग्न र संसदबाट उक्त अभिव्यक्ति हटाउन माग गरे । ‘यस्तो राष्ट्रघाती अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ । अभिलेखबाट विवादास्पद अभिव्यक्ति हटाउनुपर्छ,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार