रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने

१२, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ ।

महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेदवारी परेको छ ।

यस्तै, महामन्त्रीमा ८ जनाको उम्मेदवारी परेको छ । महामन्त्री उम्मेदवारमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन् ।

महामन्त्री पदका दाबेदार जगदिश खरेल (ललितपुर) ले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छ्न् ।

यस्तै, सहमहामन्त्रीमा ११ जनाले उम्मेदवारी दिएका छन् । रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सहमहामन्त्रीका उम्मेदवार छन् ।

यस्तै, सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन् ।

एक जना पुरुष खुलातर्फको उपसभापति पदमा स्वर्णीम वाग्ले सर्वसम्मत भएका छन् भने पार्टी सभापतिमा रवि लामिछाने पनि सर्वसम्मत बनेका छन् । आज ५ पदाधिकारीका लागि निर्वाचन हुँदैछ ।

रास्वपाको ६ दिनदेखि चलेको महाधिवेशनमा सहभागी धेरैजसो प्रतिनिधिहरु घर फर्किइसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार